आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टिप्ताला नाका खुलाउने पहल जारी

शनिबार, ०५ जेठ २०८१, ०७ : २३
शनिबार, ०५ जेठ २०८१

ताप्लेजुङ । कोभिड–१९ कारण चार वर्षयता बन्द रहेको तिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल हुँदै आएका हो ।

गत मङ्गलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रविन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिप्ताला नाका खुलाउनेबारे छलफल भएको छ ।

तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डिएसपी दावाछिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी भएका थिए ।

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मङ्गलबार अनौपचारिक छलफल भएको हो । छलफलमा नेपालका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव युकहाङवीर हाङ्गाम ,नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा सहभागी छन् ।

दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, द्विपक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ ।

छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिप्तालाबाट ओलाङ्चुङगोलासम्म सडक कालोपत्रका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गरेको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कोरोना महामारीपछि बन्द भएको टिप्ताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्प छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप