मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बीबीसीको १००  प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली

शनिबार, ०५ जेठ २०८१, २० : ००
शनिबार, ०५ जेठ २०८१

काठमाडौं । बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् । 

ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।  कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् ।

बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्।

१०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप