मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आगामी बिहीबार पोखरा विमानस्थलमा चार्टर फ्लाइट हुने

शनिबार, ०५ जेठ २०८१, १२ : २२
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । क्षत्रिय विमानस्थल पोखरामा पुनः चार्टर फ्लाइट हुने भएको छ । आगामी नोभेम्बर २३, २०२३ अर्थात् मङ्सिर ७ गते चिनियाँ जहाज पोखरा ओर्लिने भएको हो ।

'माउन्टेन क्रस कन्ट्री कम्पिटिसन' रेस प्रतियोगिताको अवसरमा धावक खेलाडीसहित चिनियाँ पर्यटक चार्टर फ्लाइटमार्फत नेपाल आउन लागेका हुन् । उक्त चार्टर फ्लाइटमार्फत खेलाडी प्रतिनिधिसहित १०४ जना चिनियाँ पर्यटक नेपाल आउने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले बताए ।

यसअघि गत असारमा पोखरामा आयोजित ड्रयागन बोट रेस फेस्टिभलमा पनि दुई वटा चार्टर फ्लाइटमार्फत चिनियाँ पर्यटक नेपाल आएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि नियमित उडान हुन नसकिरहेको अवस्था चिनियाँ दूतावाससँगको साझेदारीमा विविध कार्यक्रम गरेर चार्टर फ्लाइटमार्फत पर्यटक भित्र्याउन बोर्ड लागि परेको सिइओ रेग्मीले बताए ।

'कोभिड-१९ पछि सुस्ताएको पर्यटन क्षेत्रले बिस्तारै गति लिँदै छ । बढ्दो पर्यटकमा चिनियाँहरूको आकर्षण तीव्र छ । यसैले पर्यटन बोर्डले नेपाल स्थित चिनियाँ राजदूतावाससँगको साझेदारीमा विविध कार्यक्रम गरिरहेको छ' सिइओ रेग्मीले भने, 'यो वर्ष मात्र दूतावाससँग मिलेर बोर्डले चार वटा कार्यक्रम गर्दै छ । यसैको एउटा कार्यक्रम माउन्टेन क्रस कन्ट्री कम्पिटिसन पनि हो ।'

विभिन्न क्याटागोरीमा खेलाइने दौडका लागि नेपालसहित चिनियाँ खेलाडीले भाग लिँदै छन् । कार्यक्रम नोभेम्बर  २६, २०२३ मा पोखरामा हुनेछ । कार्यक्रमको मुख्य आयोजकमा नेपाल पर्यटन बोर्ड र चिनियाँ राजदूतावास रहेको छ भने सह आयोजकमा पोखरा महानगरपालिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप