आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भित्री वस्त्रमा सुनजस्तो पहेँलो धातु लुकाएर ल्याउने विमानस्थलबाट पक्राउ

शनिबार, ०५ जेठ २०८१, १२ : ४९
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

आगमन गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त गेटमा जाँच गर्ने क्रममा ३ थान बेरुवा औँठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटम बनाई प्लास्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप