आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
यू-१९ विश्वकप क्रिकेट

श्रीलंकाबाट दक्षिण अफ्रिका सर्‍यो यू-१९ विश्वकप क्रिकेट

शनिबार, ०५ जेठ २०८१, १७ : ०९
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । श्रीलंकामा अर्को वर्ष आयोजना हुने भनिएको यू-१९ विश्वकप क्रिकेट अन्यत्र सारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उक्त प्रतियोगिता श्रीलंकाबाट दक्षिण अफ्रिकामा सारेको समाचारमा जनाइएको छ । 

यसअघि यू-१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकामा आयोजना हुने भनिएको थियो । प्रतियोगिताको मिति भने परिवर्तन गरिएको छैन । पछिल्लो समय आईसीसीले श्रीलंका क्रिकेटलाई आफ्नो सदस्यताबाट निलम्बन गरेको छ । 

भारतमा जारी एकदिवसीय विश्वकपकै क्रममा आईसीसीले श्रीलंका क्रिकेटलाई सदस्यताबाट निलम्बन गरेको थियो । सोही कारणले यू-१९ विश्वकप पनि श्रीलंकाबाट दक्षिण अफ्रिकामा सारिएको समाचारमा जनाइएको छ । 

दक्षिण अफ्रिकाले यसअघि पनि दुईपटक यू-१९ विश्वकपको सफल आयोजना गरिसकेको छ । यसअघि दक्षिण अफ्रिकाले सन् १९९८ र सन् २०२० मा यू-१९ विश्वकप आयोजना गरेको थियो । आगामी यू-१९ विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।

प्रतियोगितामा नेपाल, न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान समूह ‘डी’ मा परेका छन् । नेपालले आफ्नो पहिलो खेल जनवरी १३ न्युजिल्यान्डसँग खेल्ने तय भएको छ । प्रतियोगिताको समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, श्रीलंका र अस्ट्रेलिया रहेका छन् । 

यसैगरी प्रतियोगिताको समूह ‘बी’ स्कटल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूह ‘ए’ मा भने अमेरिका, आयरल्यान्ड, भारत र बंगलादेश रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप