विश्वकप छनोट फुटबल : दोस्रो हाफमा नेपालको पोष्टमा यमनको एक गोल
शनिबार, ०५ जेठ २०८१, २० : ४२
काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी यमनसँग गोल खाएको छ ।
नेपाली टोलीले दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा गोल खाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफको ७२औँ मिनेटमा यमनका खेलाडी अब्दुल्लाह ओमर अल दाहीले नेपालको पोष्टमा उत्कृष्ट गोल गरेका थिए ।