आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सानेलाई रातो कार्ड, जर्मनीको लगातार दोस्रो पराजय

बिहीबार, ०६ वैशाख २०८१, ०९ : ३९
बिहीबार, ०६ वैशाख २०८१

भिएना । नयाँ प्रशिक्षक जुलियान नागेल्सम्यानको नेतृत्वमा जर्मनीले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार भएको मैत्रीपूर्ण खेलमा १० खेलाडीमा सीमित जर्मनी अस्ट्रियासँग २–० गोल अन्तरले स्तब्ध बनेको हो ।

बायर्न म्युनिखका पूर्व म्यानेजरले अमेरिकालाई हराउँदै शानदार सुरुवात गरे पनि त्यसपछि जर्मनी मेक्सिकोसँग बराबरीमा रोकियो भने पछिल्लो खेलमा टर्कीसँग पराजित भएको थियो ।
३६ वर्षीय नागेल्सम्यानले गत सेप्टेम्बरमा हान्सी फ्लिकको स्थानमा जर्मनीको प्रशिक्षक नियुक्त भएका थिए । सन् २०२४ मा जर्मनीले युरोपियन च्याम्पियनसिपको आयोजना गर्दैछ । 

मार्सेल साबिट्जरले खेलको २९ औँ मिनेटमा अस्ट्रियालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै लिरोय सानेले आफ्नो व्यावसायिक फुटबलको पहिलो रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित बन्यो ।

यसको फाइदा उठाउँदै क्रिस्टोफ ७३ औँ मिनेटमा बाउम गार्टनरले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप