मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रमोदको गीतमा नाँचे विद्यार्थी

आइतबार, ०६ जेठ २०८१, १० : २९
आइतबार, ०६ जेठ २०८१

काठमाडौंँ । गायक प्रमोद खरेलले आफ्ना गीतसंगीतबाट विद्यार्थी नचाएका छन् । एभरेष्ट होटलमा हालै आयोजित कार्यक्रममा उनले क्यानडा अध्यायनको तयारीमा रहेका नेपाली बिद्यार्थीहरुलाई आफ्ना चर्चित गीतसंगीतबाट नचाएका हुन् । कार्यक्रममा प्रमोदले ‘यो भाग्यमा खोट छ’, ‘दोश’ लगायत गीत पस्किएका थिए । 

पछिल्लो समय नेपाली विद्यार्थीहरुको लागि क्यानडा अध्ययनको राम्रो गन्तब्य बन्दै गएको छ । यसैक्रममा क्यानाडामा रहेको मोहक कलेजले क्यानाडा अध्ययनको लागि जना लागेका विद्याथीहरुलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाली कल्चर झल्कने बिभिन्न आकर्षक नृत्य समेत रहेको थियो ।

कार्यक्रममा भिजा प्राप्त गरेर क्यानडा अध्ययनको तयारीमा रहेको विद्याथीहरुलाई क्यानडाको सम्पूर्ण जानकारीसहित त्यहाँ पुगिसकेपछि कसरी सुरक्षीत तरिकाले बसेर समय बचाउँदै अध्ययन गर्ने र काम गर्ने विषयमा जानकारी दिएको थियो ।

कलेजको तर्फबाट प्रेसिडेन्ट रोन म्यकरली, क्याटी बुरोज, थिया लेड्म्यन, एयालिसन स्टेवाट , बिनय जोसी, ब्रेस्का उल्हाक लगायतले क्यानडाको भिजा प्राप्त गरिसकेपछि क्यानाडा पुगुन्जेलसम्मको जानकारी गराए ।
क्यानेडियन स्टडी सेन्टर, सीआइसी एजुकेसन हब र कन्सलटेन्सी डिएएच समेत आयोजक रहेको कार्यक्रममा गायक प्रमोदले क्यानडाको तयारीमा रहेका विद्यार्थीलाई विश्वको जुनै कुनाम रहेपनि नेपाली गीतसंगीतलाई माया गर्न अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप