मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

डीएसपी गोविन्द पन्थी उत्कृष्ट प्रहरी घोषित

आइतबार, ०६ जेठ २०८१, १० : ४८
आइतबार, ०६ जेठ २०८१

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डीएसपी गोविन्द पन्थीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । कार्यालयले उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । पन्थी सो कार्यालयको पिलर–८ को जिम्मेवारीमा छन् ।

पिलर–८ ले वैदेशिक रोजगारीका नाममा हुने ठगीबारे अनुसन्धान गर्दै आएको छ । प्रहरी नायव उपरीक्षक पन्थीले गत महिना नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।

नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहमा एक जना प्रहरी जवान पनि संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ । सो पिलरले पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गर्नेहरूलाई धमाधम पक्राउ गरेर कानुनी दायरामा ल्याइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप