सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वरिष्ठ सई यादवलाई दर्ज्यानी चिन्ह प्रदान

शुक्रबार, ११ जेठ २०८१, १४ : ५४
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएका टेकनारायण यादवलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले यादवलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यादव प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फ कार्यरत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप