आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वरूपको ‘फुल्यो चमेली’मा गौरव र उषा

शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका रचना रिमालको स्वर रहेको गीत ‘फुल्यो चमेली’ सार्वजनिक गरिएको छ । डा. कमलराज शर्माको शब्द र हरि लम्सालको सङ्गीत गीतमा छ ।

गीतको भिडियोमा गौरव पहारी र उषा रजकको अभिनय देख्न सकिन्छ । देशको विद्यमान अवस्था र जीवन निर्वाहका लागि बिदेसिएका नेपालीहरूको कथा भिडियोले देखाएको छ । भिडियोमा उत्तम हुमागाईँको छायाङ्कन, विकास धमलाको सम्पादन छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया