अपर बलेफी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबिच पीपीए
शुक्रबार, ११ जेठ २०८१, १६ : २७
काठमाडौँ । अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबिच विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ ।
मंगलबार एक समारोहका बीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष उमेश कसजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्यान ग्रुपका प्रमुख वित्तिय अधिकृत संजय कुमार साहको उपस्थिति रहेको थियो ।
गोल्यान ग्रुपको ऊर्जा विभाग अन्तर्गत अपर बलेफी जलविद्युत परियोजना (४६ मेगावाट) सञ्चालनमा रहेको छ । सो परियोजनाको पीपीएले नेपालमा ऊर्जाको दिगो समाधानको लागि एक महत्त्वपूर्ण खुड्किला पार गरेको कम्पनीको भनाइ छ । यस परियोजना सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ ।