सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तेस्रो दिन पनि एमेच्योर गल्फर सद‍्भाव शीर्षस्थानमा कायमै

मङ्गलबार, ११ वैशाख २०८१, १६ : ५१
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सद‍्भाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।  

गोकर्ण गल्फ क्लबमा सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ स्ट्रोकले पछि पारे। चार स्ट्रोकको अग्रतामा सदभावले उपाधि जित्ने सम्भावना बलियो बनाएका छन्। दिनेशले ३-अन्डर ६९ अंक जोड्दा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा कायमै रहेका छन्। उनी प्रोफेसनलतर्फ भने सबैभन्दा अगाडि रहेका छन्। 

समग्रमा ७-अन्डर ३ सय ९ को सानदार स्कोरमा भुवन नगरकोटी तेस्रो स्थानमा उक्लिए। भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा ७-अण्डर ६५ खेले।

सञ्जय लामा र जयराम श्रेष्ठ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्। आज सञ्जयले ३-अन्डर ६९ र जयरामले ३-ओभर ७५ को प्रदर्शन गरे। धन बहादुर थापा र एमेच्योर खेलाडी टासी छिरिङ समग्रमा इभन-पार २ सय १६ सहित संयुक्तरुपमा छैटौँ स्थानमा रहे। धनले आज १-ओभर ७३ र टासीले २-ओभर ७४ स्कोर गरे।  

आज १-ओभर ७३ अंक बनाएका नीरज तामाङ समग्रमा २-ओभर २ सय १८ सहित आठौँ स्थानमा रहेका छन्। यस्तै समग्रमा ४-ओभर २ सय २० सहित रबि खड्का र प्रदीप कुमार लामा संयुक्तरुपमा नवौँ स्थान बाँडे। रबिले आज इभन-पार ७२ र प्रदीप कुमार लामाले २-ओभर ७४ को स्कोर गरे।  

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका सदभावले आज पनि लोभलाग्दो सुरुवात गरे। दोस्रो देखि पाँचौँ होलमा लगातार चार बर्डी प्रहार गरे। ३-पारको आठौँ होलमा एक सट खेर फाले। नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। ब्याक नाइनको सुरुवात पनि राम्रो गरे। १० औँ होलमा बर्डी र ५-पारको ११औँ होलमा इगलको सफलता प्राप्त गरे। यतिखेर सदभावले ७-अन्डर बनाइसकेका थिए। तर उनले यो स्कोरलाई कायमै राख्न सकेनन्। १५औँ, १६औँ र १७औँ होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए।  

दिनेशले दिनको सुरुवात बोगीबाट गरे। यसपछि चौथो, छैटौं, सातौं, र आठौँ होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। यसपछि १२औँ होलमा बर्डी र १५औँ होलमा बोगी प्रहार गर्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए।  

भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले तेस्रो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ३-पारको आठौं‌ होलमा भने डबल बोगी खेपे। यसपछि १०औँ, ११औ, १३औँ र १७औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गरे।  

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप