फोटोफिचर
यस्तो छ भारतबाट ल्याइएको १५ वटा मुर्रा, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ११ वैशाख २०८१, २१ : ०४
काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा नेपाल ल्याइएको छ । बुधबार साँझ नेपालगन्जको रुपैडिया नाका हुँदै राँगा नेपाल भित्र्याइएको हो ।
नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा विनय कुमार कर्णले १५ वटा राँगा दुई वटा ट्रकमा ल्याइएको जानकारी दिए । नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखेर स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै तिनलाई देशका विभिन्न स्थानमा पठाइने उनले बताए ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका गएको बेला १५ वटा राँगा नेपाललाई दिने सार्वजनिक गरिएको थियो । त्यसयता विभिन्न चरण पुरा भएपछि अन्ततः आज राँगा ल्याइएको हो ।