सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रैथाने एग्री प्रोडक्टस् नेपालले हाट बजार विस्तारका लागि ३० स्थानीय तहसँग सम्झौता गर्दै

शनिबार, १२ जेठ २०८१, ११ : १२
शनिबार, १२ जेठ २०८१

काठमाडौं । रैथाने एग्री प्रोडक्टस् नेपाल कम्पनीले रैथाने कृषिवस्तुको हाट बजार विस्तारका लागि ३० वटा स्थानीय तहसँग सम्झौता गर्ने भएको छ । 
सो कम्पनीले आगामी शनिबार चौथो साधारण सभा मार्फत ३० वटा स्थानीय तहसँग सम्झौता गर्ने कम्पनीका अध्यक्ष तिलक ढकालले बताए । कम्पनीले रैथाने बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्दै आएको छ । 

हाल कम्पनीले ओरियन्ट क्याफेको र बूढानीलकण्ठ नगरपालिकाको परिसरमा साताको एक दिन शनिबार रैथाने कृषि वस्तुको हाटबजार संचालन गर्दै आएको छ । सो हाटबजारबाट सातामा एक दिन करिब ८ लाख रैथाने कृषि उपजको कारोबार हुँदै आएको ढकालले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप