सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाना खोलाको पीपीए, २०८४ देखि उत्पादन थाल्ने

शनिबार, १२ जेठ २०८१, ११ : २४
शनिबार, १२ जेठ २०८१

काठमाडौं । दाना खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । आज सम्पन्न पीपीएमा आयोजनाका तर्फबाट मोहन डाँगी र नेपाल विद्युत प्राधिकरणकातर्फबाट कुलमान घिसिङले हस्ताक्षर गरे ।

४९.९५ मेगावाट क्षमताको आयोजनाको कूल लागत ९ अर्ब ६८ करोड रुपैयाँ अनुमान गरिएको छ । लगानीकर्ता डाँगीले अबको दुई महिनाभित्र आयोजना पूर्णरुपमा निर्माणमा जाने बताए । उनले पीपीए सम्झौता भइसकेकाले अबको केही सातामा ‘फाइनान्सियल क्लोजर’ गर्ने बताए ।

यतिबेला आयोजनासम्म पुग्न चाहिने बाटो निर्माण भइरहेको छ । यस्तै, ड्याम्प र कामदार बस्ने क्याम्प लगायतको निर्माण समेत भइरहेको छ । निर्माण सुरु भएपछि आयोजनाले २०८४ कात्तिकदेखि उत्पादन थाल्ने डाँगीले बताए ।

अबको दुई वर्षमा मनाङको ट्रान्समिसन निर्माण भइसक्ने छ । जबकी, आयोजना निर्माणमै ४ वर्ष लाग्छ । आयोजनाबाट उत्पादित बिजुली मनाङको धारापानी सबस्टेसनमा जोडिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप