आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद बैठक

ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत

शनिबार, १२ जेठ २०८१, १६ : ५७
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । ऊर्जा सचिव दिनेश घिमिरेले राजीनामा दिएका छन् । घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गरेको छ । 

बिहीबारको मन्त्रिपरिषद्ले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गरेको छ । 

त्यसैगरी सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप