मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बल्खुमा प्रहरीले चलायो जामर भेहिकल

सोमबार, ०७ जेठ २०८१, १३ : १०
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ । तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ । 

जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप