मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा आ-आफैँ लडेर शक्ति बरबाद गर्नुभन्दा जाजरकोट आउनुहोस् : तोषिमा कार्की

सोमबार, ०७ जेठ २०८१, १६ : २२
सोमबार, ०७ जेठ २०८१

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले आ–आफैँ लडेर शक्ति बरबाद गर्नुभन्दा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अस्थायी टहरा निर्माण गर्न आह्वान गरेकी छन् । 

काठमाडौँमा आज एमालेको भातृ सगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको शक्ति प्रदर्शन गरिरहेका छन् । सांसद कार्कीले सोही विषयमा लक्षित गर्दै काठमाडौँमा शक्ति बरबाद गर्नुभन्दा प्रभावित क्षेत्रमा आएर व्यवस्थापनमा सहयोग गर्न आह्वान गरेकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्,  ‘आ–आफैँ लडेर शक्ति बरबाद किन गर्नुहुन्छ ? बरु आउनुस् दुवै पक्ष यता जाजरकोटतिर, अस्थायी टहरा निर्माण गरौँ।घरसँगै पुरिएका सामानहरू निकालिदिऔँ। म यहीँ छु जाजरकोटमै, तपाईँहरूको शक्ति पनि यता जनतालाई सदुपयोग गरौँ ।’ 

सांसद कार्की कार्तिक १८ गतेदेखि निरन्तर भूकम्प प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप