आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेदरल्याण्ड्स निर्वाचन : मुस्लिम विरोध ‘पपुलिस्ट’ नेता विल्डर्स विजयी

शनिबार, १२ जेठ २०८१, १६ : ५०
शनिबार, १२ जेठ २०८१

एम्सटरड्याम । मुस्लिम विरोधी भेटरान पपुलिस्ट नेता गिर्ट विल्डर्स नेदरल्याण्ड्सको संसदीय निर्वाचनमा नाटकीय ढङ्गले विजयी भएका छन् । २५ वर्षदेखि संसद्मा रहेपछि उनको फ्रिडम पार्टी (पीभीभी) ले ३७ वटा सिट जित्ने देखिएको हो ।

‘पीभीभीलाई अब कसैले नजरअन्दाज गर्न सक्दैन,’ उनले भने, ‘अब हामी सरकार चलाउँछौँ ।’ उनको जीतले नेदरल्याण्ड्सको राजनीतिमा ठुलो हलचल पैदा भएको छ भने यसले पुरै युरोपमा तरङ्ग फैलिएको छ ।

तर, प्रधानमन्त्री बन्नका लागि उनले अन्य दलहरूसँग मिलेर गठबन्धन बनाउनुपर्नेछ । १५० सिटको संसद्मा उनले ७६ सिट हासिल गर्नुपर्नेछ ।

युरोपियन युनियनका पूर्व कमिस्नर फ्रान्स टिमरम्यान्सको नेतृत्वमा रहेको वाम गठबन्धन २५ सिटसहित दोस्रो स्थानमा रहने देखिएको छ । उनले विल्डर्सको सरकारसँग आफ्नो कुनै सरोकार नहुने स्पष्ट पारेका छन् ।

तेस्रो स्थानमा मध्य–दक्षिणपन्थी लिबरल भीभीडी पार्टीकी नयाँ नेत्री डिलान येसिलगोज रहेकी छन् । तर उनले पनि विल्डर्सले सरकार बनाउनका लागि आवश्यक मत हासिल गर्नेमा आशङ्का व्यक्त गरेकी छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप