सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिलामाथिको आक्रमणप्रति दुर्गा प्रसाईँले प्रचण्ड–ओलीलाई सोधे : राधिका, गंगा, रेणुलाई त्यस्तो परेको भए के गर्नुहुन्थ्यो ?

शनिबार, १२ जेठ २०८१, १९ : १४
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले बुधबार राती लोकन्थलीमा आन्दोलनका लागि आएका महिलामाथि युवा संघका कार्यकर्ताले गरेको दुर्व्यवहारको विरोध गरेका छन् । 

उनले ठूला पार्टीका नेताहरुको नाम लिँदै उनीहरुलाई गणतन्त्र जिम्मा लगाएपनि उनीहरुको कारण फ्याँक्ने अवस्था आएको बताए । बिहीबारको प्रदर्शनपछि साँझ आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले गणतन्त्र ल्याएपछि राजतन्त्र र हिन्दु राष्ट्र हटाइएको प्रति असन्तुष्टि व्यक्त गरे । 

उनले विभिन्न पार्टीका नेताहरुलाई संवोधन गर्दै भने–‘हामीले गणतन्त्र उत्कृष्ट व्यवस्था हो भन्दै तपाईहरुलाई जिम्मा लगाएकै हो तर आज यसलाई फ्याँक्ने वातावरण किन बन्यो, मेरो प्रश्न त्यहाँनिर हो । राम्ररी मनन गर्नुस, सोच्नुस । हिजो राती महिलामाथि जुन घटना घट्यो, जसको श्रीमान् छैनन्, ऋणले थिचिएको छ, ७ जना प्रहरीका श्रीमती पनि छन्, उनीहरुमाथि याताना भयो । शिकार गर्दापनि उठेका बेला मात्र गर्नु भन्ने भनाई छ । सद्धाम हुसेनलाई फाँसीको सजायँ दिँदापनि खाना खान दिएर बस्न दिएर दिइएको थियो । त्यो पार्टीको त म नामै लिन चाहन्न तर उनीहरुले बर्बर तरिकाले बलात्कार गर्ने कोशिष गरे ।’

प्रसाईँले अगाडि भने,‘म मेरो हजुरवुवा (एमाले अध्यक्ष केपी ओली) लाई के भन्न चाहन्छु भने यही स्थिति राधिका हजुरआमालाई या तपाईँको बुहारीलाई, म सम्माननीय प्रधानमन्त्रीलाई के भन्न चाहन्छु भने तपाईँको छोरी गंगा रेणुलाई परेको भए के गर्नुहुन्थ्यो ?’

उनले दुर्गा प्रसाईँले के मान्छे ल्याउँछ भन्ने नेताहरुलाई आफूलाई आजदेखि हल्का रुपमा नलिन आग्रह गरे । उनले आफू दुर्गामाताको भक्त भएकोले आफ्नो पछाडि देवी रहेकोले कसैले केही गर्न नसकेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप