५ जना एसएसपीको पदस्थापन
शनिबार, १२ जेठ २०८१, २१ : २७
काठमाडौं । गृह मन्त्रालयले बढुवा भएका ५ जना प्रहरी वरिष्ठ उपरिक्षकहरुको पदस्थापन गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहिबार एसएसपीहरुको पदस्थापन गर्ने निर्णय गरेका हुन् ।
वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान निर्देशनालयमा पदस्थापन गरिएको छ । रविकुमार पौडेललाई बागमति प्रदेश प्रहरी कार्यालय, नविनराज राईलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा, बीर बहादुर ओलीलाई कर्णाली प्रदेश र चन्द्रदेव राईलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।
उनीहरुलाई प्रहरी महानिरिक्षक वसन्त कुँवरले बुधवार फुली लगाइदिएका थिए ।