देउसी भैलो खेलेर सहारा क्लबले गर्यो साढे ९ लाख संकलन, ५५ हजार भूकम्प पीडितलाई सहयोग
मङ्गलबार, ०८ जेठ २०८१, १९ : ४९
पोखरा । पोखराको सहारा क्लबले देउसी भैलो खेलेर साढे ९ लाख संकलन गरेको छ । सहयोग उठाएर फुटबल एकेडेमी चलाउँदै आएको क्लबले हरेक वर्ष तिहारमा देउसी भैलो खेल्दै आएको छ ।
यो वर्ष संकलित रकमबाट ५५ हजार भूकम्प पीडितलाई सहयोग गरिने क्लबले जनाएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्म क्लबले पोखराका विभिन्न ठाउँमा भैलो खेलेको थियो ।
५५ हजार ५ सय ५५ रुपैयाँ सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय भएको क्लबका महासचिव रामजी अधिकारीले जानकारी दिए । क्लबको एकेडेमीमा हाल १२ जना बालकहरु आश्रित छन् ।