वायुसेवा निगमले भन्यो–जहाजको आवश्यकता छ
मङ्गलबार, ०८ जेठ २०८१, २० : ५१
काठमाडौँ । नेपाल वायुसेवा निगमले ध्वजावाहक जहाजको आवश्यकता रहेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले निगमको सुधारका लागि बनेका आयोग अध्ययन समिति र निगमकै अध्ययन प्रतिवेदनका अनुसार ध्वजावाहक जहाजको आवश्यक रहेको बताएको हो ।
निगमको विज्ञप्तिमा भनिएको छ, 'आर्थिक स्रोतको सम्बन्धमा निगमले ३ वटा STOL Route मा उड्ने जहाज ६/६ महिनाको अन्तरमा ल्याउने भएकोले सम्पूर्ण रकम एकमुष्ट तिर्ने नभई पटक पटक तिर्दै जाने हुँदा सोको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्न निगम सक्षम छ ।'
निगमको व्यवसाय सञ्चालन गर्न र दुर्गमका जनतालाई सेवा दिन जहाजको आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।