आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछ : अर्थमन्त्री

मङ्गलबार, ०८ जेठ २०८१, २१ : ०२
मङ्गलबार, ०८ जेठ २०८१

नुवाकोट । अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन्।

शुक्रबार नुवाकोट जिल्ला भलिबल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले भने, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ, सूचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’

मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताए । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने कसैले ठानेको छ भने त्यो सफल नहुने उनले स्पष्ट पारे ।

खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर हामी क्रिकेट मैदान निर्माण जानकारी दिँदै उनले अन्य खेलकुदको विकास गर्ने सरकारको प्राथमिकतामा रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप