सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ

आइतबार, १३ जेठ २०८१, २३ : २१
आइतबार, १३ जेठ २०८१

जनकपुरधाम । महोत्तरीमा सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा जिल्लाको गौशाला नगरपालिका ११ का ३३ वर्षीय जुगलकिशोर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।

साह गौशाला नगरपालिका ५ मा सञ्चालित गौशाला एकेडेमीका सञ्चालक हुन् । उनीमाथि विद्यालयमा पढ्न गएकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । 

प्रहरीका अनुसार साहले ७ वर्षीय बालिकालाई बिहीबार दिउँसो विद्यालयको चौथो तल्लामा लगी बलात्कार गरेका थिए ।  बालिकालाई रुपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपसहितको जाहेरीको आधारमा साहलाई शुक्रवार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद लिई पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी गिरिले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप