आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेलामा युवाहरुबिच कुटाकुट हुँदा १ जनाको मृत्यु

बिहीबार, २० वैशाख २०८१, १२ : २४
बिहीबार, २० वैशाख २०८१

जाजरकोट । जाजरकोटमा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

सोही वडाको धौलाई भन्ने ठाउँमा लागेको स्थानीय मेलामा भएको विवादमा युवाहरुबीच कुटाकुट भएको थियो । जसमा ३ जनाले शाही एक्लैलाई कुटपिट गरेपछि शुक्रवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप बुझ्न प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोक्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप