बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गॉड्स’ आयोजना हुँदै

बिहीबार, २० वैशाख २०८१, १२ : ३३
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा नोभेम्बर २७ देखि २९ सम्म दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’ को आयोजना हुने भएको छ ।

काठमाडौँबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिङ रन र रेस डे समावेश गरिने आज नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले कार्यक्रममा दोलखा माउन्टेन बाइकिङका लागि अर्को गन्तव्य बन्ने तयारी भइरहेको बताए । नेपाल पर्यटन बोर्डका  कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभई नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रूपमा चिनाउने बताए ।

उनले यो प्रतियोगिताले दोलखालाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा थप परिचित बनाउने समेत बताए । यस्तै, बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखाले सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक अनुभवहरूको पूर्ण प्याकेज प्रदान गरेको बताउँदै कार्यक्रमले दोलखालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बताए ।

कार्यक्रम आयोजक टोलीका प्रतिनिधि तथा स्थानीय समुदायका सदस्य सान्तु श्रेष्ठले गन्तव्य दोलखालाई ‘साहसिक गन्तव्य’ का रूपमा घटनाक्रमको परिचय दिएर परिवर्तनको खोजीमा रहेको बताए । उनले प्रतियोगितामा फ्रान्सका प्रख्यात माउन्टेन बाइकिङ लिजेन्ड किलियन ब्रोन पनि सहभागी रहने जानकारी दिए ।

प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समूह, दोस्रोमा खुला वर्ग, तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरी वर्गीकरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप