आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया लघुवित्तद्वारा प्रहरी चौकीलाई सहयोग

बिहीबार, २० वैशाख २०८१, १२ : ५१
बिहीबार, २० वैशाख २०८१

इटहरा । मोरङको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा रहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैँचा वितरण गरेको छ । इटहरा प्रहरी चौकीमा आज एक औपचारिक कार्यक्रमका बिच सो फलैँचा हस्तान्तरण गरिएको हो । त्यसै गरी सोही कार्यक्रममा दीपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकीलाई उपलब्ध गराएको छ ।

कार्यक्रम लाई सम्बोधन गर्दै एनआईस एसिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय इटहराका प्रमुख मुरारि लम्सालले यस प्रकारको सामाजिक कार्य आफ्नो संस्थाले पहिलो पटक गरेको नभई यस अगाडि पनि गर्दै आएको बताए । कोरोना महामारीका बेला सदस्यहरूलाई निःशुल्क मास्क र स्यानिटाइजर वितरण गरेको कुरा लम्सालले स्मरण गराए । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै इटहरा प्रहरी चौकीका इन्चार्ज राम कुमार माझिले एनआईसी एसिया प्रति आभार प्रकट गरे । छलफलमा आएका सर्वसाधरणलाई बस्न ठाउँ अभाव भइरहेका बेला एनआईसी एसियाले वितरण गरेको फलैँचाले थप टेवा पुग्ने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप