आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारी छाप दस्तखत किर्तेमा संलग्न पाँच जना पक्राउ

बिहीबार, २० वैशाख २०८१, १४ : १४
बिहीबार, २० वैशाख २०८१

मोरङ । सरकारी छाप र दस्तखत किर्ते कसुरमा संलग्न रही फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक २ गते वारदात घटाई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले रतुवामाई नगरपालिका–४ झुर्कियाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिएका हुन् ।

पक्राउ पर्नेमा ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत छन् । उनीहरुविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल तेजपुरियाले जाहेरी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप