आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन नआए कारबाही गरिने

शुक्रबार, १५ मङ्सिर २०८०, ०७ : १२
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो । 

प्रहरी नियमावली २०७१ को नियम ११५ को  (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ । 

सात दिनभित्र आफू गैर हाजिर  रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

757589

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप