आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालियन लिगको सबैभन्दा कान्छो खेलाडी बने कामार्डा

आइतबार, २० जेठ २०८१, १० : ०२
आइतबार, २० जेठ २०८१

मिलान । फ्रान्चेस्को कमार्डा इटालियन सिरिए ए खेल्ने इतिहासकै सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले १५ वर्ष २६० दिनको उमेरमा इटालियन शीर्ष डिभिजनमा डेब्यू गरेका हुन् ।

फ्लोरेन्टिनालाई १–० ले हराउँदै क्रममा उनी खेलको ८४ औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । यसअघि सन् २०२१ मा बोलोग्नाका विस्डम एमेले १५ वर्ष २७४ दिनको उमेरमा लिगमा खेल्दै यो कीर्तिमान बनाएका थिए ।

आलिभिए जिरु निलम्बनमा पर्नुका साथै नोआ ओकाफोर घाइते भएपछि कामार्डालाई टोलीमा समावेश गरिएको थियो । लिगमा १६ वर्षभन्दा कम उमेर डेब्यू गर्ने उनी मात्र आठौँ खेलाडी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप