आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा सुटुक्क फिल्म छायांकन गरेर फर्किए खेसारीलाल

बुधबार, ३० जेठ २०८१, १६ : ०६
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । भोजपुरी सुपरस्टार खेसारीलाल यादवको फिल्म ‘निरहुवा हाजिर हो’ नेपालमा छायांकन गरिएको छ । फिल्मको ४ गीतसहित केही दृश्य समेत नेपालमा छायांकन सकाएर उनी आइतबार पटना फर्किएको फिल्मका नेपाल व्यवस्थापक सुवास काफ्लेले बताए ।

काफ्लेका अनुसार स्वयम्भू, भक्तपुर दरबार क्षेत्र, साँगा महादेव, नगरकोट र राजधानीको एक डिस्कोमा छायांकन भएको हो । नेपालमा उनको फ्यान पनि राम्रो भएकोले फिल्म छायांकनमा अवरोध पुग्ने हिसाबले फिल्मको छायांकन गोप्य राखिएको हो ।

फिल्मको एक गीतमा खेसारीलालसँग नेपाली मोडल उषा उप्रेतीले पनि अभिनय गरेकी छन् । भारतको बिहारसहित नेपालको मधेस प्रदेशमा खेसारीलालको क्रेज राम्रो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप