भूकम्प पीडितको आवास निर्माणका लागि कर्णालीका पूर्वमुख्यमन्त्री शाहीद्वारा ५ लाख सहयोग
बुधबार, ३० जेठ २०८१, १६ : १६
सुर्खेत । कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्नका लागि व्यक्तिगत रुपमा ५ लाख आर्थिक सहयोग गरेका छन् ।
भूकम्पबाट प्रभावित घर परिवारको अस्थायी घर निर्माण गर्ने कार्यमा सहयोग पुर्याउनका उक्त रकम सहयोग गरेका हुन् ।
पाँच लाखको चेक आइतबार कांग्रेस प्रदेश सभापति ललितजंग शाहीलाई हस्तान्तरण गरेका छन् ।
कांग्रेस कर्णाली प्रदेश समितिले आफ्नोतर्फबाट ५० वटा अस्थायी घर जाजरकोट र ५० वटा रुकुम पश्चिममा बनाउने निर्णय गरेको छ । उक्त घर निर्माणका लागि सहयोग पुगोस् भनेर शाहीले आर्थिक सहयोग गरेका हुन् ।