बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल : क-कसले जीत हासिल गर्‍यो ?

आइतबार, ३० वैशाख २०८१, १९ : ५१
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा इबीएले प्राइम ग्लोबललाई २५–४ ले पराजित गर्‍यो । विजयी टिमका लागि आदित्य श्रेष्ठले १७ स्कोर गरे ।

जुनियर ब्वाइजमै ग्रिनफिल्डले पुष्पसदनलाई २२–१४ तथा श्री नवीनले साइ निलायमलाई १२–१० ले हराए । ग्रिनफिल्डका रिजन तामाङले १० तथा श्री नवीनका सितोकले ४ अंक जोडे ।

 सिनियर ब्वाइजमा सेबले केभीएसलाई २४–१४, पुष्पसदनले गोल्डेन फ्लावरलाई ४१–६, एनआईसीले द एक्सेल्सियरलाई ४०–२१, न्यु भिजनले पिपुल्स एकेडेमीलाई २३–१५ र ग्रिनफिल्डले सेन्ट्रल स्टेटलाई ३६–९ ले पाखा लगाए । सेबका विप्लव गुरुङले १५, पुष्पसदनका निकेश जिसीले ९, एनआईसीका यसोन थापा मगरले ९, न्यु भिजनका आयुश सापकोटाले २० र ग्रिनफिल्डका अर्जुन बस्नेतले १३ अंक बटुले ।

सिनियर गल्र्समा केभीसीले जेनिथलाई १२–४ तथा स्वर्णिमले रिब्सलाई १७–९ ले पन्छाए । केभीसीकी सौर्य राजभण्डारी तथा स्वर्णिमकी वासाना श्रेष्ठले समान ६–६ स्कोर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप