बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दशरथ रंगशालामा त्रिविको दीक्षान्त समारोह, कस्तो हुनुपर्छ छात्रछात्राको पोशाक ?

सोमबार, ३१ वैशाख २०८१, ०८ : १३
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय भएको छ ।  

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने विश्वविद्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।   

समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ । जसअनुसार छात्रहरूले आपूm खुशी पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी सहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी पहिरिनु पर्नेछ ।

यस्तै छात्राहरूले औपचारिक पोशाक वा साडी,   ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी पहिरिनुपर्नेछ ।

Screenshot 2023-11-27 080925

Screenshot 2023-11-27 081037

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप