आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले चुनाव लड्ने

सोमबार, ३१ वैशाख २०८१, ०९ : ३६
सोमबार, ३१ वैशाख २०८१

ढाका । बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ ।

ढाका ट्रिब्यूनका अनुसार अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी यसको घोषणा गरेका हुन् । यसअघि बंगलादेशका पूर्व कप्तान मशरफे मोर्तजाले गत निर्वाचनमा नराइलबाट उम्मेदवारी दिएका थिए । उनी विजयी भएर सांसद बनेका थिए ।

मुर्तजा सधैं आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न थिए । तर शकिब भने त्यस्तो सामाजिक कामको हिस्सा कहिल्यै थिएनन्।

बंगलादेशमा क्रिकेट र राजनीतिको सम्बन्ध गहिरो र पुरानो छ । शकिब र मुर्तजा बाहेक बीसीबीका अध्यक्ष नजमुल हसनले पनि चुनाव लडेका थिए । सन् २००९ मा पहिलोपटक सांसद बनेका उनी अहिले पनि सांसद नै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप