काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट
मङ्गलबार, ०१ जेठ २०८१, ११ : ०२
काठमाडौँ । बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट राखिएको छ । सो छेत्रमा अत्यधिक मात्रामा सवारी दुर्घटना हुन थालेको गुनासो बढेपछि काठमाडौँ महानगरपालिकाले सोमबार त्यहाँ ट्राफिक लाइट राखिएको हो ।
काठमाडौँ महानगरपालिकाका वडा अध्यक्ष हिरालाल तन्डुकार, प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रमुखले संयुक्त रूपमा लाइटको बटम थिची समुद्घाटन गरेका छन् ।