आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमनजंगसँगको कोट म्यारिजलाई औपचारिकता दिँदै अभिनेत्री दीपशिखा

मङ्गलबार, ०१ जेठ २०८१, १२ : ३२
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । अभिनेत्री दीपशिखा खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अमनजंग बस्न्यातसँग परम्परागत विवाह गर्न लागेकी हुन् । उनको विवाह कार्यक्रम यही मङ्सिर १३ गते आयोजना गरिएको छ । विवाहको निम्तो साथीभाइ, आफन्त सबैतिर पुगिसकेको छ ।

ग्राउन्ड नोर्लिङ होटेलको रिसोर्टमा इन्गेजमेन्ट गरेका दुवैले करिब ५ महिना अगाडि काठमाडौँ जिल्ला अदालतमा कोट म्यारिज गरेका थिए ।

बस्न्यात कतार एयरलाइन्समा कार्यरत छन् । खड्काले भने केही अगाडि ‘प्रेमलिला’ नामको फिल्म निर्माण गरेकी थिइन् । ‘श्रीदेवी’ नामको फिल्म बनाउने घोषणा समेत गरेकी खड्काले थुप्रै फिल्ममा अभिनेत्रीको रूपमा अभिनय गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप