बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एसियन इलेक्टोरल स्टेक होल्डर फोरमको छैटौँ संस्करण आयोजना हुने

मङ्गलबार, ०१ जेठ २०८१, १६ : ०५
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता हुने गरी यही मङ्सिर २० र २१ गते एसियन इलेक्टोरल स्टेक होल्डर फोरमको छैटौँ संस्करण आयोजना हुने भएको छ । 

निर्वाचन आयोग र एसियन नेटवर्क फर फ्री इलेक्सन्सको संयुक्त आयोजनामा हुने दुई दिने सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले र समापन परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् । एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र निर्वाचनका विभिन्न आयामहरूमा क्रियाशील गैरनाफामुलक तथा प्राज्ञिक संघसंस्थाका २०० जना भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । 

उक्त सम्मेलनको मुख्य नारा ‘दिगो लोकतन्त्रको निर्माणस् चुनावी चुनौती र अवसरहरूको सम्बोधन’ रहेको छ । सो सम्मेलनमा नेपाललगायत अन्य मुलुकहरूका विज्ञ व्यक्तिहरूबाट ७ वटा विषयहरूमा केन्द्रित रही २१ वटा कार्यपत्रहरू प्रस्तुत गरिनेछन् ।  सो सम्मेलनबाट निर्वाचन सुधार मार्फत लोकतन्त्रलाई सुदृढ र निर्वाचनको अखण्डतालाई प्रवर्द्धन गर्न काठमाडौँ घोषणापत्र जारी गरिनेछ ।

election

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप