मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगेको आरोपमा युवती पक्राउ

मङ्गलबार, ०१ जेठ २०८१, १७ : ४१
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड बस्ने ३४ वर्षीय कमला मिश्र छिन् । मिश्रलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । 

आफू अविवाहित युकेको नागरिक भएको बताएर मिश्रले उपहार पठाउने बहानामा विभिन्न शुल्कको नाममा ३ लाख ३० हजार ठगेको आरोप छ । उपहारको सामान नआएको तर, शुल्क मात्रै लिएपछि कमला सम्पर्कविहीन भएपछि पीडितले साइबर ब्युरोमा उजुर गरेका हुन् । 

आरोपीबिरुद्ध विद्युत्तीय माध्यमबाट ठगेको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप