आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओस्कारमा गयो ‘१२वी फेल’

शुक्रबार, ३२ जेठ २०८१, ११ : १९
शुक्रबार, ३२ जेठ २०८१

नयाँ दिल्ली । भारतीय अभिनेता विक्रान्त मैसीको फिल्म ‘१२वी’ फेल ओस्कारमा गएको छ । स्वतन्त्र मनोनयनमार्फत यो फिल्मलाई ओस्कारमा पठाइएको फिल्मका अभिनेता विक्रान्त मैसीले भनेका छन् । फिल्म एक महिना अघि मात्रै हलमा रिलिज भएको थियो ।

खासै धेरै प्रमोसन नगरिएको अनि चर्चा परिचर्चा नबटुलेको यो फिल्मलाई हलमा दर्शकले निकै मन पराएका थिए । सानो बजेटको यो फिल्म विधु विनोद चोपडाको निर्देशनमा बनेको हो । फिल्मको रिलिज पनि थोरै स्क्रिनमा गरिएको थियो । तर समालोचकहरूको भव्य तारिफ र आम दर्शकहरूले फिल्मप्रति देखाएको रुचिले फिल्म ब्लकबष्टर बन्यो ।

फिल्मलाई धेरैले मन पराउनेछन् भन्ने आफूलाई विश्वास भए पनि यति धेरै मन पराइन्छ भन्ने आफूले नसोचेको साहित्य आजतकमा बोल्ने क्रममा विक्रान्तले भनेका थिए ।  १२वी फेल अनुराग पाठकको यही नामको बेष्ट सेलिङ उपन्यासमा आधारित फिल्म हो । फिल्मको कथा गाउँका एक गरिब युवक वरिपरि घुमेको छ । 

१२ कक्षामा फेल भएका ती युवक कठोर मिहिनेत गरेर कसरी आईपीएस अधिकारी बन्छन् भन्ने कुरा  फिल्ममा देखाइएको छ । ३१ दिनदेखि प्रदर्शनरत यो फिल्मले ४५ करोडभन्दा धेरैको कलेक्सन गरिसकेको छ । 

यो फिल्म यस वर्षको स्लिपर हिट फिल्म बनेको छ । विधु विनोद थ्री इडिएट्स, पीके र मुन्नाभाइ जस्ता चर्चित फिल्मका निर्देशक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप