आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रंगकर्मी विमललाई थाईल्याण्डमा क्रियटिभ डिरेक्टरको अवार्ड

शुक्रबार, ३२ जेठ २०८१, १४ : ५१
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा आयोजित हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा ‘मोस्ट क्रियटिभ डिरेक्टरको अवार्ड’ जितेका छन् । इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाईल्याण्डको संस्थाले आयोजना गरेको अवार्डका ३० भन्दा बढी देशबाट ८९७० दाबेदार थिए । यी सबैलाई उछिन्दै विमलले अवार्ड हात पारेका हुन् ।

केन्याका राजदूत र मंगोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रुपमा विमल सुवेदीलाई अवार्ड प्रदान गरे ।

विमलले यसअघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र गत वर्ष मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरेका थिए । यसबाहेक उनका कामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विभिन्न अवार्डहरु हात पारिसकेका छन् । अभिनयबाट आफ्नो यात्रा सुरु गरेका विमल सुवेदी, नाट्य निर्देशनमा सफल मानिन्छन् ।

दिल्लीको नेसनल स्कुल अफ ड्रामाका ग्रयाजुएट विमल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित नाम हो । उनको लेखन तथा निर्देशन रहेका नाटक २५ भन्दा बढी देशका मञ्चमा प्रस्तुत भइसकेका छन् । उनले विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालय तथा संघ संस्थाहरुसँग सहकार्य गरिसकेका छन् । विमल सुवेदी थिएटर भिलेज नेपालका फाउण्डर तथा निर्देशक पनि हुन् । थिएटर भिलेज नेपालमा नयाँ शैलीका नाटक मञ्चन गर्ने समूहको रुपमा स्थापित छ ।  

विमलका नाटकमा मनोरञ्जनभन्दा पनि सामाजिक अवस्था, राजनीति सीमान्तकृत आवाज तथा समसामयिक कुराहरुको मिश्रण पाइन्छ । यही कारण उनका नाटक देशसँगै विदेशका मञ्चमा पनि प्रशंसित छन् । 

२० वर्ष लामो योगदानको कदर गर्दै थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत, मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्राप्त गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप