आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि, २१० वटा स्टलहरू रहने

शुक्रबार, ३२ जेठ २०८१, १५ : २९
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडौँमा हुने भएको छ । मेलाको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन् । 

भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भैसकेका छन् । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने छ । 

त्यस्तै मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेशर पाकिस्तानबाट ८/८ वटा स्टलहरू रहने छन् । २१० वटा स्टलहरू मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । 

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो । 

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । सो अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बिच छलफल एवं बिजनेस म्याचमेकिङ कार्यक्रम समेत राखिएको छ । 

उक्त छलफल कार्यक्रममा कृषि, जडीबुटी, औषधी, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ । मेलामा आईएमई पे प्रमुख प्रायोजक रहने छ भने इन्सुरेनस पार्टनरको रूपमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी प्रा. लि. रहनेछ । सह प्रायोजक हेरिटेज फ्लोरिङ एन्ड कार्पेटिङ इन्डस्ट्री र आईएमएस ग्रुप रहने छ । मेलामा इन्टरनेट पार्टनरको रूपमा मर्केन्टाइल कम्युनिकेसन प्रा.लि. रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप