आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाउको दुखेर अस्पताल जँचाउन गएको पुरुषको खप्परमा चपस्ट्क्सिको टुक्रा

बिहीबार, २७ वैशाख २०८१, १८ : ४३
बिहीबार, २७ वैशाख २०८१

हानोई । भियतनामका एक पुरुषलाई अचाक्ली टाउको दुख्न थाल्यो । गएको पाँच महिनायता खपिनसक्नुको टाउको दुखाइको साथमा ती पुरुषले दृष्टि पनि गुमाउँदै गए । नाकबाट सिँगान बग्ने क्रम पनि रोकिएन । समस्या बढ्दै गएपछि ती व्यक्ति भियतनामको क्वाङ बिन्ह् प्रान्तस्थित दोङ होई शहरमा रहेको क्युबा फ्रेन्डशिप अस्पतालमा भर्ना भए ।

सिटी स्क्यान गर्ने क्रममा नाम नखुलाइएको ती पुरुषको नाक सुन्निएको पाइयो । नाकबाट मस्तिष्कतिर दुई बाहिरी वस्तु तेर्सिएर बसेको थियो । राम्ररी जाँच्ने क्रममा थाहा भयो कि ती वस्तु चपस्टिकको टुक्रा थिए । मस्तिष्कभित्र चपस्टिकको दुई टुक्रा कसरी छिरे ? यो प्रश्नले डाक्टरहरु त वाल्ल थिए नै । ती युवक झनै रुनभुल्लमा परे । तर केही बेरपछि उनले पाँच महिना अघिको एउटा घटना सम्झे ।

एक रात बाहिर खानपिनका लागि गएको बेलामा अर्को व्यक्तिसँग उनको भनाभन मात्रै होइन हातपात नै भयो । घाइते भएर अस्पतालको आकस्मिक कक्षमै पुगे । तर अस्पतालमा डाक्टरहरुले उसको नाक घाउ राम्रोसँग सफा नगरी घाउ सिएर मात्रै पठाइदिए । त्यो घटनामा अर्को व्यक्तिले आफ्नो नाकभित्र चपस्टिक घुसाइदिएको हुन सक्ने अनि आफूलाई त्यसको स्मरण नभएको ती बिरामी बताउँछन् ।

सबै विकल्पबारे सोचविचार गरेपछि डाक्टरहरूको टोलीले नाकको प्वालबाट इन्डोस्कपिक सर्जरी गरेर चपस्टिकको टुक्रा निकालिदिए । अहिले ती व्यक्तिको अवस्था स्थिर रहेको र अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ । नाकभित्र चपस्टिकको टुक्रा भेटिनु तपाईंहरूले सोचेजस्तो दुर्लभ घटना भने होइन । केही वर्षअघि ताइवानमा दिदीबहिनीबिच भनाभन र कुटपिटका क्रममा एक युवतिको मस्तिष्क आरपार चपस्टिकले छेडेको थियो । झगडाको क्रममा ती व्यक्तिको नाकभित्र पनि चपस्टिक छिरेको हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप