आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यूरोसर्जन समाजको अध्यक्षमा डा. रोका चयन

बिहीबार, २७ वैशाख २०८१, १९ : २३
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ नेपाल न्युरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै गरी सचिवमा डा. गोपाल सेढाई तथा  डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्गलाई सह सचिवमा चयन गरिएको हो । कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन् । यता सदस्यहरूमा डा. अनीश मान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युश श्रेष्ठ र डा. समीर अर्याल रहेका छन् ।

डा.राजीव झाले सम्बन्धित क्षेत्रको विज्ञहरूसँग न्युरोसर्जनका समस्याहरू छलफललाई आगामी दिनमा निरन्तरता दिइने बताए । समयसँगै न्यूरोसर्जनसम्बन्धी नयाँ नयाँ प्रविधिको विकास भएकाले सोही विषयमा छलफल गरिने समेत उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप