बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बद्री न्यौपानेलाई आजपाले पार्टीको जिम्मेवारीबाट हटायो

बिहीबार, २७ वैशाख २०८१, १९ : २८
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले उपाध्यक्ष बद्री प्रसाद न्यौपानेलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । पार्टीको मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले न्यौपानेलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेकाले निर्दोष साबित नहुँदासम्मका लागि पार्टीको सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।  

केन्द्रीय प्रवक्ता चन्द्रभुषण साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले बद्री प्रसाद न्यौपानेलाई निर्दोष साबित नहुँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ।’

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन मन्त्री समेत रहेका उनलाई अदालतले दोषी ठहर गरेको थियो । लामो समयसम्म आजपाले उनको विषयमा कुनै निर्णय नगरेपनि हाल आएर पार्टीबाट हटाउने निर्णय गरेको हो । उनी तत्कालीन चुरे भवर पार्टीबाट राजनीतिमा उदाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप