बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, २३ चैत २०७४, ०५ : २९
शुक्रबार, २३ चैत २०७४

 

आजको राशिफल
बि.स.२०७४ चैत्र २३ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल ०६ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि षष्ठि ३८ घडी ३० पला,बेलुका ७ बजेर १५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र ज्येष्ठा, १५ घडी ४८ पला,दिउसो १२ बजेर ११ मिनेट उप्रान्त मूल । योग वरियान ५१ घडि २२ पला । करण गर,विहान ८ बजेर २२ मिनेट उप्रान्त वणिज,बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त भद्रा । 

आनन्दादिमा चर योग । चन्द्रराशि बृश्चिक । 
काठमाडौंमा सूर्योदय ५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २३ मिनेट । दिनमान ३१ घडी २० पला । 


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाढि बढ्नुहोला । व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । मध्यान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।
शुभ अंक —१
शुभ रंग — कफि
    
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । मध्यान्हबाट परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।
शुभ अंक — ५
शुभ रंग —  सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु  आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।
शुभ अंक — ४
शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।
शुभ अंक — ५
शुभ रंग — हरियो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा  मनमा खल्लोपन महशुष हुँनेछ ।  मध्यान्हबाट समय राम्रो रहेकोे आम्दानिका स्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनि गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
शुभ अंक — ५
शुभ रंग —  कफि
 
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला । 
शुभ अंक — ६
शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ ।
शुभ अंक — ४
शुभ रंग — सेतो

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ । राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
शुभ अंक — ४
शुभ रंग  — रातो
    
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउँन सकिने हुदा आवस्यक्ताहरु परिपुर्ति हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर खिच्न सकिनेछ ।
शुभ  अंक — ६
शुभ रंग —  निलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुँनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । मध्यान्हपछिको समय मध्ययम रहेकोले अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ भने बिदेश यात्राको गतिलो योग रहेकोछ । 
शुभ अंक —४
शुभ रंग — सेतो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ ।  भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ ।
शुभ अंक — ६
शुभ रंग — निलो
    
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।
शुभ अंक — ४
शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् ।     
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप