आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँका यी स्थानमा बिहीबार बन्द हुनेछ विद्युत् आपूर्ति

शुक्रबार, २८ वैशाख २०८१, ०७ : ३७
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बिहीबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित तथा बन्द हुने जनाएको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ ।   

कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग,  काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप