बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

शुक्रबार, २८ वैशाख २०८१, ०८ : ०५
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आजविहान  ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीकाक प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ । 'नियमित बैठक मंगलबार बस्नुपर्ने थियो । प्रधानमन्त्रीज्यूको व्यस्तताले बस्न सकेन । त्यसैले आज बस्न लागेको हो । आजको बैठकमा नियमति एजेण्डामाथि छलफल तथा निर्णय हुन्छ,' उनले भने ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ । बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई प्रस्थान गर्ने अचार्यको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप